Logo

औषधी निर्माता साङ्घवी बने भारतका सबैभन्दा धनी, कुल सम्पत्ति साढे २१ अर्ब डलर

औषधी निर्माता साङ्घवी बने भारतका सबैभन्दा धनी, कुल सम्पत्ति साढे २१ अर्ब डलर


रामराजा श्रेष्ठ
27
Shares

 

२२ फागुन, काठमाडौं । धेरै बर्षअघिदेखि भारऔषधी निर्माता सारतका सबैभन्दा धनी, कुल सम्पत्ति साङ्घवी बने भाढे २१ अर्ब डलरतीय धनीको सुचीमा पहिलो स्थान कायम रहेका मुकेश अम्बानीलाई उछिन्दै औषधी निर्माता कम्पनिका मालिक दिलीप साङ्घवी सबैभन्दा धनी भारतीय बन्न सफल भएका छन् ।

पछिल्लो समय सेयर बजारमा राम्रो उछाल लिंदै आएको साङ्घवीको कम्पनी सन फार्माको बुधबारको शेयर बढेसँगै उनको नेटवर्थ पनि बढेको हो । सन फर्माले बुधबार भारतीय सेयर बजारमा ३ दशमलव ४ प्रतिशतको वृद्धि हासिल गर्दै कीर्तिमानी उचाई लिन सफल भएको थियो ।
यो कीर्तिमानीसँगै साङ्घवीको कुल सम्पत्ति १४ खर्ब भारतीय रूपयाँ अर्थात साढे २१ अर्ब डलर पुगेको छ । उता रिलायन्सका मालिक अम्बानीको नेटवर्थ भने १३ खर्ब भारतीय रूपयाँ अर्थात् २० अर्ब ४० करोड डलर पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL