Logo

इपीसीएफ मोडलमा ४८.८ मेवाको खिम्ती–२ जलविद्युत आयोजना, चीनको ९ अर्ब लगानी

इपीसीएफ मोडलमा ४८.८ मेवाको खिम्ती–२ जलविद्युत आयोजना, चीनको ९ अर्ब लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खिम्ती–२ जलविद्युत आयोजनाले इञ्जिनियरिङ प्रक्युरेमण्ट कन्स्ट्रक्सन एण्ड फाइनान्सिङ (इपीसीएफ) मोडलमा आयोजना निर्माण गर्ने भएको छ । कुल ४८ दशमलव ८ मेगावाटको सो आयोजनाले चिनियाँ कम्पनीको लगानीमा निर्माण गर्न लागिएको आयोजना प्रबद्र्धक कम्पनी पिपुल्स इनर्जीले जानकारी दिएको छ ।

आयोजनालाई इपीसीएफ मोडलमा निर्माण गर्न चिनियाँ कम्पनी च्वाङक्वीङ वाटर टर्वाइन ओर्कस (सीडब्लूटीडब्लू)सँग सम्झौता गरिएको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । ‘हामीले हाम्रो कम्पनीको साख अनुरुप विना ग्यारेण्टी चिनियाँ लगानी भित्र्याएर आयोजना निर्माणका लागि सम्झौता गर्न सम्पन्न भएका छौं,’ उनले भने, ‘यति ठूलो आयोजना इपीसीएफ मोडलमा निर्माण गर्न लागिएको पहिलो हो ।’

सम्झौता अनुसार चिनियाँ कम्पनीले कुल ८ करोड ८० लाख डलर अर्थात अहिले डलर मूल्य अनुसार ९ अर्ब रुपैयाँ लगानी गर्ने छ । सो लगानी आयोजना संचालनमा आएको ७ सय दिनपछि फिर्ता लैजाने आचार्यले जानकारी दिए । ‘यस अघि विदेशी कम्पनीले इक्वीटीमा लगानी गर्थे र पछि मुनाफा पनि लैजान्थे,’ उनले भने, ‘तर अहिले उनीहरुले ऋण लगानी मात्र गरेका हुन् पछि उनीहरुको लगानी लैजान्छन् मुनाफा नेपालमै बस्छ ।’ कुल १० अर्ब रुपैयाँ लगानीमा बन्ने सो आयोजनामा प्रबद्र्धकको १ अर्ब रुपैयाँ लागनी हुनेछ ।

सम्झौता अनुसार आयोजनाले अबको ५ बर्षपछि सम्पूर्ण लगानी फिर्ता लैजानेछ । कम्पनीले काम सुरु गरेको ३ बर्ष अर्थात जुलाई २०२१ भित्र निर्माणकार्य सम्पन्न गर्ने छ । त्यसको २ बर्ष पछि अर्थात २०२३ मा पैसा फिर्ता गर्नुपर्ने छ ।

हाल प्रबद्र्धक कम्पनीले आयोनजा निर्माणको लागि सानिमा बैंकको नेतृत्वमा अन्य बैंकहरुसँग फाइनान्सियल क्लोजर गरेको छ । तर, ती बैंकसँग आयोजना निर्माण कम्पनीलाई भुक्तानी दिनका लागि मात्र ऋण लिइने भएको छ । जसले गर्दा नेपालको चर्को ब्याज र तत्काल देखिएको तरलता समस्या समाधान गर्न समेत सहज हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL