Logo

आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना

आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना



काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण गरेको छ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागलगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This