Logo

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणीमा तीन नयाँ सदस्य मनोनीत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा तीन जना नयाँ सदस्य मनोनीत भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन्।

मनोनयन महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार गरिएको हो।

राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। कमल कुमार श्रेष्ठ महासंघका पूर्व कार्यकारिणी सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। सरस्वती राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघकी अध्यक्ष तथा महासंघको महिला उद्यमी विकास समितिकी उपसभापति हुन्।

महासंघद्वारा जारी विज्ञप्तिमा अध्यक्ष ढकालले मनोनीत सदस्यहरूमार्फत महासंघको गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्