Logo

सौर्य उर्जा उत्पादन गर्न विश्व बैंकले १३ करोड डलर दियो, २५ मेगावाट विद्युत् उत्पादन गरिने

सौर्य उर्जा उत्पादन गर्न विश्व बैंकले १३ करोड डलर दियो, २५ मेगावाट विद्युत् उत्पादन गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददात

१५ पुस, काठमाडौं । विश्व बैंकले नेपालको सौर्य उर्जा विकासका लागि १३ करोड अमेरिकन डलर दिने भएको छ । विश्व बैंकले भर्खरै मात्र यस्तो निर्णय गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त निर्णयसँगै नेपालमा देखिएको उर्जा संकट हटाउन सहयोग पुग्नुका साथै आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।

विश्व बैंकले प्रदान गरेको उक्त ऋण मार्फत नेपालमा २५ मेगावट सौय उर्जा उत्पादन गर्नुका साथै त्यसका लागि आवश्यक ग्रीड समेत बनाइने छ । उक्त ऋण सौर्य उर्जाको प्लान, डिजाइन, निर्माण, मर्मत तथा सप्लाईजस्ता विषयमा खर्च हुनेछ ।

उक्त सोलार प्लाण्टबाट उत्पादित विजुलीलाई सोझै नेपाल विद्युत् प्राधिकरणको ग्रीडमा जोडिनेछ । साथै, उक्त ऋणलाई दशेमा भइरहेको विद्युत् चुहावट रोक्नका लागि नेपाल विद्युत्प्राधिकरणको वितरण केन्द्र मार्फत पनि परिचालन गर्न सकिने छ ।

पहिलो सम्झौता अनुसार ऋणको अवघि ३८ वर्षको हुनेछ । तर, उक्त ऋणको अवघिलाई थप ६ वर्ष लम्व्याउन सकिने समेत उल्लेख ।

विश्व बैंक र नेपाल विद्युत् प्राधिकरणबीच भएको उक्त सम्झौताले दिर्घकालिन रुपमा नेपालको आर्थिक विकासको लागि कोशेढुङ्गा सावित हुने विश्व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर टाकुया कमाटाले बताए । साथै, उक्त ऋणले सौय उर्जा उत्पादनमा सहयोग गर्ने मात्र नभई विद्युत् चुहावटमा देखिएको समस्यालाई समेत सहयोग गर्ने हुँदा यसले दिर्घकालिन रुपमा ठूलो सहयोग पु¥याउने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This