Logo

सर्वोत्तमको पाँचौ साधारण सभा : ७ जना संचालक चयन, लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश

सर्वोत्तमको पाँचौ साधारण सभा : ७ जना संचालक चयन, लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश



काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैशाख १२ गते आफ्नो पाँचौ बार्षिक साधारण सभामा कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गरेको हो ।

laxmi

कम्पनीले रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गरेका थियो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु स्वीकृत गरेको थियो ।

यस्तै सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरुलाई मनोनित गरेको छ । जसमा विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका हुन् । एकजना स्वतन्त्र संचालकमा नेहा अग्रवाल मनोनित भएकी छन् ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै संचालक समिति, ग्राहकहरुप्रति आभार व्यक्त गरे ।

हालसम्म कम्पनीले ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट २८ लाख ८६ हजार १ सय ६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL