Logo

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान, कृत्रिम हात र खुट्टा प्रदान

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान, कृत्रिम हात र खुट्टा प्रदान



काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मिति जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख रुपैंयाबराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।

laxmi

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL