Logo

हिमालयन डिष्टिलरीको नाफा घट्यो, यस्तो छ प्रतिशेयर आम्दानी

हिमालयन डिष्टिलरीको नाफा घट्यो, यस्तो छ प्रतिशेयर आम्दानी



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

laxmi

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत घटेर ९५ करोड ५९ लाख रुपैयाँमा भएको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३०.७३ प्रतिशत, सञ्चालन आम्दानी २९.१३ प्रतिशत र सञ्चालन मुनाफा ४१.७६० प्रतिशतले घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा घटेर १२ रुपैयाँ २५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.७९ गुणा रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४८ करोड १५ लाख रुपैयाँ सञ्चित रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL