Logo

व्यवसायी इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

व्यवसायी इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर



काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

laxmi

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित चार जनालाइ लाई दोषी ठहर गरेको हो ।

इच्छाराजसहित, श्रृजना शाक्य (तामाङ), प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीना कुमारीलाई प्रतिवादी बनाई २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतीक्षा र प्रतिष्ठाले भने सफाई पाएका छन् । सजाय निर्धारणको मिति पेश गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL