Logo

एक वर्षमा १५ अर्ब बढीको बिजुली निर्यात गरेको प्रधानमन्त्रीको दावी

एक वर्षमा १५ अर्ब बढीको बिजुली निर्यात गरेको प्रधानमन्त्रीको दावी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल करिब शतप्रतिशत विद्युतको पहुँचमा पुगेको दावी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विद्युत आयात गर्ने अवस्थाबाट देश निर्यात गर्ने अवस्थामा पुगेको बताएका छन् ।

laxmi

प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा नेपालले १५ अर्ब बढी रुपैयाँको बिजुली निर्यात गरेको दावी गरे । उनले भने, ‘वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ । विगत एक वर्षमा ७०० मेगावट विद्युत निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो ।

आफू दोस्रो पटक प्रधानमन्त्री हुनुअघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आज लगभग सिङ्गो देशमा विद्युतको पहुँच पुगेको स्पष्ट पारे । उनले भने, ‘वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ ।’

विक्रम संवत् १९६८ मा फर्पिङ जलविद्युतबाट ५०० किलोवाट विद्युत उत्पादनबाट सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका १०४ वर्षमा जम्मा ८०० मेगावाट मात्र उत्पादन क्षमता पुगेको तर विगत ७ वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता बढेर २८९२ मेगावाट पुगेको छ र जसमध्ये करिव ५४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको बताए ।

‘विगतका हिसाबले यो एक वर्ष करिब ८० वर्ष बराबर हो । तर, मैले यसमा सन्तोष मानेको छैन । मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो । यसै वर्ष भएको मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL