Logo

तारागाउँ रिजेन्सी होटलको लाभांस घोषणा, लगानीकर्ताले १५ प्रतिशत पाउने

तारागाउँ रिजेन्सी होटलको लाभांस घोषणा, लगानीकर्ताले १५ प्रतिशत पाउने



काठमाडौं । तारागाउँ रिजेन्सी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

laxmi

यो लाभांश प्रस्ताव आगामी २७ औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् । आगामी वार्षिक साधारणसभाको मिति भने कम्पनीले तय गरिसकेको छैन । होटल तथा पर्यटन समूहको यो कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता ७६५ रुपैयाँ १० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL