Logo

नेपाल लाइफद्वारा दसैँलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

नेपाल लाइफद्वारा दसैँलक्षित टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले दसैँको विशेष अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दसैँमा के गर्छौ? नामक टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।

laxmi

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् । दसैँले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको कम्पनीको भनाइ छ । यसैबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL