Logo

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ अफरका ९ विजेता घोषित

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ अफरका ९ विजेता घोषित



काठमाडौं । सामसङले ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ दशैं कन्सूमर प्रमोसन योजनाका ९ जना विजेता घोषित गरेको छ । उनीहरूले ९ वटा टिभीएस १२५ सीसी स्कूटर जितेका हुन्‌ ।
विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको सामसङले जानकारी दिएको छ ।
हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ छन् खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो हुन्‌ ।

laxmi

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले दशैं कन्सूमर प्रमोसन योजनाअन्तर्गत कुनै पनि स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गर्ने ग्राहकलाई गोलाप्रथाबाट स्कूटर उपहार राखेको हो । सामसङका अनुसार यो योजनाअन्तर्गत अझै १३ वटा स्कूटर विजेताहरू छनोट गर्न बाँकी नै छ ।

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’ उपभोक्ता प्रवर्द्धन योजनामा सहभागी हुन खरिदकर्ताहरूले आधिकारिक सामसङ रिटेलरबाट सामसङ स्मार्टफोन र ट्याब्लेट गर्नुपर्छ । त्यसपछि खरिद गरिएको नयाँ डिभाइसको सिरियल नम्बर प्राप्त गर्न *#06# मा डायल गर्नुपर्छ । त्यसपछि SAMSUNG सिरियल नम्बर टाइप गरी ३१००१ मा SMS पठाउनुपर्नेछ ।

विजेताका सिरियल नम्बरहरू इमेज च्यानलमा लाइभ लक्की ड्र मार्फत घोषणा गरिने र अर्को दिन सामसङको आधिकारिक फेसबुक पेजमा पनि पोस्ट गरिने सामसङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL