Logo

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर, भुक्तानी गर्दा २५% छुट

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर, भुक्तानी गर्दा २५% छुट



काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” असोज ३ र ४ गते सन्चालन हुने “अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ।

laxmi

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा – बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको कम्पनीले जनाएको छ । साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL