Logo

मीनबहादुरले भाटभटेनीका २५ आउटलेट लिएर भाग्दैनन्, उनलाई थुनेर सरकारले व्यवसायीलाई तर्साउने काम गर्याे : पूर्व अर्थमन्त्री पाण्डे

मीनबहादुरले भाटभटेनीका २५ आउटलेट लिएर भाग्दैनन्, उनलाई थुनेर सरकारले व्यवसायीलाई तर्साउने काम गर्याे : पूर्व अर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्व अर्थमन्त्री तथा अर्थविद् सुरेन्द्र पाण्डेले सरकारले उद्योगी व्यवसायीलाई पलायनै हुनेगरी घरपकड गरेको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

laxmi

उनले भाटभटेनीका संचालक मिन बहादुर गुरुङलाई पक्राउ गरिएको कुरालाई जोड्दै सरकारले उद्योग व्यवसाय नै बन्द हुनेगरी व्यवसायीलाई थुन्ने काम गरेको बताए । ‘भाटभटेनीका संचालक मिनबहादुर गुरुङलाई थुनेर उद्योगी व्यवासायीलाई तर्साउने काम गरिएको छ,’ उनले भने, ‘नेपालभर संचालनमा ल्याएका आफ्ना २५ आउटलेटहरु नै उठाएर भाग्ने योजना त बनाएका थिएनन् नी उनले ।’

उनले उद्योगी व्यवसायीलाई कसुरमा तारेखमा छोडेमात्रै उद्योग व्यवसायले निरन्तरता पाउने बताएका हुन् । यस्तै कार्यक्रममा उनले मिन बहादुरलगायतका उद्योगी व्यवसायीलाई तारो बनाउँदा उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको बताए । कार्यक्रममा बोल्दै उनले उद्योग क्षेत्र विस्तार गर्न विद्युत नभई नहुने तत्व भएपनि अहिले लोडशेडिङ र उच्च मूल्यको मारका कारण निजी क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । यस्तै कार्यक्रममा उनले चालु पुँजी कर्जा मार्गदर्शन व्यापारमैत्री भएको र यसलाई संशोधन गरेर उत्पादनमुलक उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिए ।

बरु यसको सर्त हटाएर क्यासलेस भुक्तानीमा प्राथमिकता दिन सकिए राम्रो हुने उनको भनाई थियो । हालै नेपाल राष्ट्र बैंकले संशोधन गरेकार निर्देशिकालाई ईंगित गर्दै उनले युसले झन बैंकहरुको प्रोभिजन बढ्ने बताए । उनले राष्ट्र बैंकको हालको नीतिले सेयर बजारलाई पनि चपेटामा पारेको बताउँद ४ र १२ को सिमालाई हटाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष एलपी सावाँ लिम्बुले निजी क्षेत्रले ५५ लाखलाई रोजगारी दिएको भएपनि यसैलाई सरकारले तारो बनाएको बताए । उनले कार्यक्रममा बोल्दै अहिलेको सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु भन्दा पनि निरुत्साहन गर्ने नीति लिएको आरोप लगाएका छन् । हाल निजी क्षेत्र ओरालोतर्फ लागिरहेको र सबै उद्योगी बन्द हुने अवस्थामा पुगेपनि सरकारले यसमा ध्यान नदिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL