Logo

उद्योगीलाई कुलमानको चेतावनी : १५ दिनभित्र बक्यौता नबुझाए लाइन काटिदिन्छु

उद्योगीलाई कुलमानको चेतावनी : १५ दिनभित्र बक्यौता नबुझाए लाइन काटिदिन्छु



काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगी व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले चेतावनी दिएको छ । आईतबार एक सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटिड र ट्रंक लाइनको महशुल नबुझाएका उद्योगी व्यवसायीलाई १५ दिनभित्र बक्यौता बुझाउन ताकेता गरेको हो ।

laxmi

प्राधिकरणले २०७२ साउनदेखि लोडसेडिङ अन्त्य भएको मिति २०७७ जेठसम्ममा डेडिकेटेड ट्रंक लाइनको सुविधा लिएका उद्योगी व्यवसायीहरुले २० अर्ब बढी रकम बक्यौता रहेको दावी गर्दै आएको छ ।

यो २० अर्ब रुपैयाँ १५ दिन भित्र प्राधिकरणलाई नबुझाए विद्युतको लाइन काटिदिने चेतावनी प्राधिरकणले दिएको छ ।
लामो समयदेखि यस बिषयमा प्राधिकरण र व्यवसायीहरुबीच विवाद हुँदै आएको छ । तर, सरकारले यसको विवाद समाधानका लागि भन्दै समिति गठन गरेपनि यसको विवाद अझै समाधान भईसकेको छैन ।

बरु प्राधिकरणले यस्तो बक्यौता बुझाउनका लागि पटक पटक उद्योगी व्यवसायीलाई पत्राचार गरेपनि हालसम्म यसमा उद्योगी व्यवसायीले ध्यानै नदिएको बताइएको छ । सोही अनुसार तोकिएको समय सीमा अर्थात १५ दिनभित्र बक्यौता महसुल नबुझाएमा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही हुने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणकाे भनाइलाई आधार मान्दा लोडसेडिङताका विभिन्न ट्रंक लाईन, डेडिकेटेड लाईनलगायतबाट बिजुली लिई चौविसै घण्टा उपभोग गर्ने र पैसा नतिर्ने ग्राहकको संख्या ६७ छ । उनिहरुले प्राधिकरणले पत्राचार गरिरहेपनि उल्टै उदालत धाउन थालेका थिए ।

अदालतले पनि प्राधिकरणकै पक्षमा फैसला सुनाएपनि अझै उनिहरुले यस्तो बक्यौता तिर्न नमानेको प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL