Logo

नेपाललाई विदेशी लगानी मैत्री बनाइने मन्त्री वस्नेतको दावी, वैदेशिक लागनी सहजिकरण केन्द्र स्थापना गरिँदै

नेपाललाई विदेशी लगानी मैत्री बनाइने मन्त्री वस्नेतको दावी, वैदेशिक लागनी सहजिकरण केन्द्र स्थापना गरिँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

७ पुस, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले नेपाललाई विदेशी लगानी मैत्री गन्तव्य बनाइने बताएका छन् । ‘हाल नेपालमा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतले लगानी गर्न चासो देखाएका छन्,’ पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘त्यसका लागि उनीहरुले नेपालमा राजनीतिक स्थिरता खोजेको देखिन्छ ।’

विदेशी लगानी भित्रयाउन चीन लगायत अन्य पाँच मुलुकसँग विप्पाको लागि मन्त्रालय सघन गृहकार्यमा लागेको जानकारी दिए । हाल विदेशी लगानी र प्रविधि हस्तान्तरण नीतिको काम द्वुत गतिमा भैरहेको बताउँदै विदेशी लगानी सहजरुपमा भित्रयाउन वान डोर सिस्टम  र  वान स्टप सिस्टमलाई सार्थकता दिन फरेन इम्भेष्टमेन्ट फेसिलेशन सेन्टरको स्थापना गर्ने प्रशिक्रया अघि बढाएको बताए ।

साथै,  उद्योगहरुको विवरण व्यस्थित गर्न औद्योगिक प्रोफइल निमार्णका साथै गहन रुपमा भूगर्भ अध्ययनमा मन्त्रालय जुटेको जानकारी दिए । चीन तथा भारतका लगानीकर्ताहरुले नेपालमा विशेषगरी पर्यटन, खानी, सोलार उर्जा, बायो मास, जलविद्युत, सिमेन्ट उद्योग, खनिज प्रशोधन उद्योगमा चासो देखाएको समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This