Logo

महिला औद्योगिक पार्ककाे पक्षमा अर्थमन्त्री, भन्छन यो कसैले चाहेर राेकिँदैन

महिला औद्योगिक पार्ककाे पक्षमा अर्थमन्त्री, भन्छन यो कसैले चाहेर राेकिँदैन



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र अब यसलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

laxmi

कार्यक्रममा बोल्दै उनले सुन्दा सामान्यजस्तो लागेपनि यो दुरगामी अवधारण भएको बताए । ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन्’ उनले भने, ‘ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।’

देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरु व्यवसायीले निर्यात गरिरहेका छन् । आईटी सेक्टर पनि जोडिन थालेको भन्दै मन्त्री डा. महतले अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको बताए । डिटिजल संसारले एउटा अवसर दिएको बताउँदै उनले वस्तुको बजारिकरण सहजै रुपमा गर्न सकिने मौका मिलेको बताए । यसलाई महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउनुपर्छ । यसमा सरकारले भरपूर सहयोग गर्छ । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री डा. महतले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL