Logo

वाणिज्य समितिले भेट्यो उद्योग मन्त्री, आयातित वस्तुमा लेबलिङको नीति स्थगन गर्न माग

वाणिज्य समितिले भेट्यो उद्योग मन्त्री, आयातित वस्तुमा लेबलिङको नीति स्थगन गर्न माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वाणिज्य समितिले उद्योगमन्त्री रमेश रिजालसमक्ष आयात भएका वस्तुमा लेबलिङ गर्ने नीति हटाउन माग गरेको छ । मंगलबार समितिका सभापति सुबोध कुमार गुप्ताको नेतृत्वमा गएको समितिले मन्त्री रिजालसँगको भेटमा उक्त माग राखेको हो ।

laxmi

भेटमा समितिले आयात निर्यात गर्दा लेबलिङ गर्नुपर्ने बाध्यकारी नियमले भन्सार विभाग तथा व्यवसायीहरु बीच अन्योल एवं असहजताको वातावरण सृजना भएको र यसबाट समग्र अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुना गएकोले हाललाई स्थगन गरि कार्यविधि बनाई मात्र क्रमशः लागु गर्नुपर्ने माग गरेको हो ।

यस्तै समितिले उधारो उठाउन क्रेडिट एक्ट ल्याउनुपर्ने, सरकारबाट हुने अनुगमनको टोलीमा निजी क्षेत्रलाई पनि सहभागि गराउनुपर्नेलगायतका माग राखेको छ । यस्तै समितिले मन्त्रीसमक्ष आफ्ना सुझाव पेश गर्दै भिसीटीएस जरिवाना रहित हुनुपर्ने, निर्यातमा दिईने नगद अनुदानमा सहजीकरण गरिदिनुपर्ने, कालोबजार ऐनको संशोधन हुनुपर्नेलगायतका मागहरु राखेको हो ।

भेटमा उद्योगमन्त्री रिजालले व्यवसायीका मागहरु जायह भएकाले सम्बोधन गर्नेतर्फ ध्यान दिने बताएका थिए । भेटमा उद्योग सचिव, वाणिज्यसचिवलगायतको उपस्थिति थियो ।

[googleapps domain=”drive” dir=”file/d/1oVuqgRc1xhaFun-iEFeF2ramYynlRFS3/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL