Logo

सुवोध गुप्ता नेतृत्वको व्यापार समिति विस्तार, चुनिए १७ व्यवसायी

सुवोध गुप्ता नेतृत्वको व्यापार समिति विस्तार, चुनिए १७ व्यवसायी



काठमाडों । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) काे व्यापार समिति विस्तार भएको छ । बुधबार उद्योगी व्यवसायी सुवोध गुमार गुप्ताको नेतृत्वमा १७ कार्यसमिति सदस्यसहित उक्त समिति विस्तार गरिएको हो ।

laxmi

समितिको सभापतिमा सुवोध कुमार गुप्ता चयन हुँदा उप सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, प्रयास कार्की र ओम प्रकाश बंसाल चुनिएका छन् । यस्तै समितिको सदस्यमा ओमनाथ महर्जन, माधव राजपाल, अशोक कुमार श्रेष्ठ, सुजिल श्रेष्ठ र चन्द्र थापा चुनिएका छन् ।

समितिले आमन्त्रित सदस्यमा भने उमेश प्रसाद लामिछाने, प्रकाश चन्द्र सुवेदी, प्रदिप खड्का, सन्तोष पोखरेल, रेशम प्रसाद देवकोटा, मनोज कुमार घिमिरे र इन्द्र बहादुर महर्जनलाई राखेको छ । समितिको सल्लाहकारमा भने मणिक रत्न शाक्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL