Logo

८७ करोड लगानीमा फाइवर सिमेन्ट बोर्ड उद्योग खुल्दै, बार्षिक २ करोड वर्गफिट उत्पादन गर्ने

८७ करोड लगानीमा फाइवर सिमेन्ट बोर्ड उद्योग खुल्दै, बार्षिक २ करोड वर्गफिट उत्पादन गर्ने



काठमाडौं । नेपालमै फाईबर सिमेन्ट बोर्ड उत्पादन गर्नेगरी उद्योग स्थापना हुने भएको छ । उद्योग विभागका अनुसार एभरेष्ट फाइवर सिमेन्ट बोर्ड प्रालिले नेपालमा फाइवर सिमेन्ट बोर्ड उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको हो ।

laxmi

विभागका अनुसार कम्पनीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २० मा उद्योग स्थापना गर्नेगरी विभागमा प्रतिवद्धता जाहेर गरेको छ । ८७ करोड ६२ लाख रुपैयाँ कल लगानी तोकिएको उक्त उद्योगले बार्षिक एक करोड ९२ लाख स्क्वायर फुट फाइवर सिमेन्ट उत्पादन गर्ने बताईएको छ । कम्पनीले आफ्नो ८० करोड ८८ लाख रुपैयाँ स्थिर पूँजी र ६ करोड ७४ लाख रुपैयाँ चालु पूँजी राखेको छ ।

शतप्रतिशत स्वदेशी लगानीमा स्थापना हुन लागेको उक्त कम्पनीले २ हजार केभिए बिजुली खपत गर्ने बताईएको छ । यसमार्फत १ सय २० जनाले रोजगारी पाउने उद्योग विभागले जानकारी दिएको छ ।

खासगरी घर निर्माणका लागि पछिल्लो समय फाईबर सिमेन्ट बोर्डहरुको प्रयोग बढिरहेको छ । धेरैजसो आवाश निर्माताहरुले पछिल्लो समय घरको वाल निर्माणमा इट्टाभन्दा पनि इको प्यानलहरुको प्रयोगलाई जोड दिईरहेका छन् । जसमा फाईबर सिमेन्ट बोर्ड पनि पर्दछ ।

यसलाई घर निर्माणमा, घरको छाना हाल्नलगायतमासमेत प्रयोग गर्ने गरीन्छ । यसअघि नेपालमा केहि कम्पनीहरुले इको प्यानल बोर्डहरु निर्माण गरेर बजार विक्री वितरण गरिरहेका छन् । पछिल्लो यसम यसको माग बढेपछि उत्पादकहरु यसतर्फ आकर्षित भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL