Logo

महासंघ अध्यक्ष ढकाल र आइएमएफका आवासीय प्रतिनिधिबीच भेट, अर्थतन्त्र सुधारमा जोड

महासंघ अध्यक्ष ढकाल र आइएमएफका आवासीय प्रतिनिधिबीच भेट, अर्थतन्त्र सुधारमा जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच भेट भएको छ । शुक्रबार महासंघ सचिवालयमा औपचारिक रुपमा उक्त भेटवार्ता भएको हो ।

laxmi

भेटवार्तामा अध्यक्ष ढकालले नेपाललाई विद्यमान आर्थिक मन्दीको चपेटाबाट उकास्न कोषले सहयोग गर्नुपर्ने बताए । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तरराष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताएका छन्।

सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए । साथै यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL