Logo

ऋण नतिरेपछि श्रीराम सुगर मिल लिलामीमा, यस्तो छ नेपाल बैंकको ३५ दिने सूचना

ऋण नतिरेपछि श्रीराम सुगर मिल लिलामीमा, यस्तो छ नेपाल बैंकको ३५ दिने सूचना



काठमाडौं । बैंकबाट लिएको ऋण तिर्न नसकेपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल लिलामीमा गएको छ । नेपाल बैंकले एक सूचना जारी गर्दै करिव ३८ करोड रुपैयाँ बराबरका मिलका मेशिनरी र सम्पत्ती लिलामी अबको ३६ दिनपछि लिलामीमा राखिने बताएको हो ।

laxmi

नेपाल बैंकका अनुसार कम्पनीले राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) समेतबाट विभिन्न शीर्षकमा कर्जा लिएको थियो । तर, कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा लेखिएअनुसार भाखाभित्र बुझाउनुपर्ने साँवा र त्यसमा लाग्ने ब्याज तथा हर्जनासमेत उक्त मिलले बुझाएको छैन ।

सूचनाअनुसार ३६ औं दिन अर्थात् साउन ४ गते वा त्यसदिन बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन लिलाम डाक बढाबढ गरिलिन चाहनेले आफूले सकार गरेको मूल्यमा बोलकबोल गर्न पाउनेछ । नेपाल बैंंकका अनुसार श्रीराम सुगर मिलको ३८ करोड ११ हजार ७५५ रुपैयाँ ८६ पैसा बराबरको उद्योग परिसरमा रहेका सम्पूर्ण मिलमेसिनरी लिलाम हुनेछ ।

उक्त मिलमा नेपालका दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपकोसमेत लगानी छ । उक्त मिलको संचालकमा यी दुई ग्रुपका हितेश गोल्छा र विशाल अग्रवाल सञ्चालक छन् ।

यसअघि उखु किसानको बाँकी बक्यौता नदिएको भन्दै उक्त मिलको आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL