Logo

ईप्पानको अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी, सदस्यबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन

ईप्पानको अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी, सदस्यबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध भएका छन् । बिहीबार हुने संस्थाको २१ औं बार्षिक साधारण सभामा उम्मेदवारीका लागि नाम दर्ता गर्ने अन्तिम दिनसम्म अध्यक्ष पदमा उनको मात्रै नाम परेपछि उनी स्वतः अध्यक्ष चयन भएका हुन् । अध्यक्ष पदमा अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी परेपनि योग्योता नपुगेको भन्दै उनको उम्मेदवारी खारेज भएपछि कार्की एकल उम्मेदवार भएका हुन् ।

laxmi

यस्तै संस्थाको बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र महिला सदस्यहरु पनि निर्विरोध चयन भईसकेका छन् । यी पदमा पद संख्याकै आधारमा मात्रै उम्मेदवारी दर्ता भएपछि यी पदका लागि चुनाव नै नहुने भएको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षको १ पदमा मोहन कुमार डांगीले एकल उम्मेदवारी दिएका छन् । हुन त उनका विरुद्ध सुर्यप्रसाद अधिकारीले पनि उम्मेदवारी दिएका थिए । उनको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि डाँगी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षको ५ पदका लागि भरत बहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीले उम्मेदवारी दर्ता भएकाे छ । याे पदका लागि ६ जनाकाे उम्मेदवारी परेपनि याेग्यता नपुगेका कारणा ५ जना निर्विराेध भएका हुन् ।

यता सदस्यमा भने चुनाव हुने निश्चित भएको छ । ७ जना सदस्यका लागि मात्रै उम्मेदवारी गर्नुपर्नेमा हालसम्म १४ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL