Logo

भियतनामका राजदूत हाय र चेम्बर पदाधिकारीबीच दिल्लीमा भेट, नेपालमा लगानी गर्न आग्रह

भियतनामका राजदूत हाय र चेम्बर पदाधिकारीबीच दिल्लीमा भेट, नेपालमा लगानी गर्न आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनाम समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसंग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसंग छुट्टै भेटवार्ता गरेको हो । हायसंगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवृद्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए ।

laxmi

दुई मुलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई प्रभावकारी र परिणाम मुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समुहबीच सहकार्य गर्न समेत अध्यक्ष मल्लले हायसंग प्रस्ताव गरे ।

उनले भने, ‘दुई मुलुकबीच कटनीतिसंगै उच्चस्तरीय व्यापारिक साझेदारी हुँदै आएको छ, भियतनाममा बुद्धका अनुयायीहरु पनि प्रशस्त हुनुहुन्छ । बौद्ध सर्किट बनाएर धार्मिक पर्यटनलाई आर्कषित गर्न सकिन्छ, ।’

चेम्बर पदाधिकारीहरुसंगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफुले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए । नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धिगर्न सहयोग गर्ने हायको भनाई छ ।

हायसंगको भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा र उर्मिला श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL