Logo

करेन्ट चाउचाउको क्रेज बढ्दै, बार्षिक २५ देखि ३० लाख अमेरिकी डलर निर्यात

करेन्ट चाउचाउको क्रेज बढ्दै, बार्षिक २५ देखि ३० लाख अमेरिकी डलर निर्यात



काठमाडौं । यसोदा फुड्सको करेन्ट चाउचाउ बार्षिक प्रति बर्ष २५ देखि ३० लाख अमेरिकी डलर बढीको निर्यात हुने गरेको छ । कम्पनीका अनुसार सन २०१७ यता नेपालमा उत्पादन थालिएको उक्त चाउचाउ हाल प्रतिबर्ष २५ देखि ३० लाख अमेरिकी डलर डलर बराबरको निर्यात हुने गरेको हो ।

कम्पनीले हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष गरे १५ हजार रोजगारी दिने गरेको पनि जानकारी दिएको छ । नेपालका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको कम्पनीले जानकारी दिएका छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमा बाट आफ्नो उत्पादन सुरुवात गरेको कम्पनीले विभिन्न ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यस्ले देशका केहि ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ ।

करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको कम्पनीले जानकारी दिएको छ । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।

उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष बार्षिक प्रति बर्ष २५ देखि ३० लाख अमेरिकी डलर बराबरको निर्यात हुन्छ । उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा सबैभन्दा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुने गरेको कम्पनीको दावी छ ।

नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनीकै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL