Logo

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीचको मर्जरलाई बोर्डको अन्तिम स्वीकृति

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीचको मर्जरलाई बोर्डको अन्तिम स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । सेबोनले दुई कम्पनीको वैशाख ३ गतेको पत्रानुसार संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि निवेदन दिएबमोजिम यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति प्रदान गरेको हो ।

laxmi

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा ९४० बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुवै कम्पनीले ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट आगामी वैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने तयारी गरेको छ । यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

दुई कम्पनीबीच भएको सहमतिअनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सिइओ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुनेछन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सिइओ युगेश भक्त बादे श्रेष्ठ नै बन्नेछन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) बन्नेछन् ।

मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL