Logo

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?



काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल निगमले बढेको पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट आइतबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढाएर पठाएको हो ।

laxmi

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको अवस्थामा भारतले बढेको नयाँ मूल्यसूची पठाएको हो । नेपाल आयल निगमले प्रत्येक महिनाका १६ र १ तारिखका दिन नयाँ मूल्यसूची पठाउने गरेको । हाल नेपालमा पेट्रोल प्रतिलिटर १ सय ७५ तथा डिजेल १ सय ६५ रुपैयाँमा कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL