Logo

नेपाली बजारमा २५ औँ वर्षको सफल लिडरसीप मनाउँदै बजाज, नववर्ष २०८० क्याम्पेन पनि लन्च

नेपाली बजारमा २५ औँ वर्षको सफल लिडरसीप मनाउँदै बजाज, नववर्ष २०८० क्याम्पेन पनि लन्च



काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा “लिडरसीपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३” सफलतापूर्वक मनाएको छ । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरु सुपथ मुल्यमा उपलब्ध गराउँंदै आएकोले अहिले बाइक भन्नासाथ बजाज सम्झिने जमात नै बनिसकेको छ ।

laxmi

८ लाख भन्दा बढी नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु पनि नेपालमै असेम्बल हुने गरेका छन् । नेपालकै सबैभन्दा ठुलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको छ । विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै नेपालीहरुको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ । त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधी र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ । मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनहरुको विभिन्न मोडलहरु उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताहरुको आवश्यकता अनुसारको सवारी साधनहरु रहेका छन् ।

उक्त अवसरमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आज सम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं, र हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ । हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म वँहाहरु सबैलाई लागि धन्यवाद दिन चाहन्छु ।”

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्य जस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

साथै बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५% सम्म डाउन पेमेन्ट, रु. १०,००० सम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL