Logo

८ महिनामा विदेशी कम्पनीले लगे साढे १३ अर्ब नाफा, लगानी प्रतिवद्धता सवा ३१ अर्ब

८ महिनामा विदेशी कम्पनीले लगे साढे १३ अर्ब नाफा, लगानी प्रतिवद्धता सवा ३१ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरिएको हो ।

laxmi

विभागले ८ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७ , ११ लाख ४८ हजार ७ सय ६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

फागुनमा मात्रै ३ अर्ब सिफारिस

विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७ रुपैयाँ, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार ५ सय २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १ सय ५० जना प्रतिनिधि र ३ सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १ सय २३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL