Logo

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सार्वजनिक

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सार्वजनिक



काठमाडौं । उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ ।

laxmi

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन, बजारमा ल्याईएको प्रिमियम भोड्का ब्रान्ड हो ।

५ पटक डिस्टिल गरि तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिंग टेस्ट छ, जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा रिफ्रेसिंग टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL