Logo

रुस-युक्रेन युद्धले सिथिल युरोपमा बिजुलीको भरपर्दाे उपाय के हो ?

रुस-युक्रेन युद्धले सिथिल युरोपमा बिजुलीको भरपर्दाे उपाय के हो ?



काठमाडौं । रुस युक्रेन युद्धका कारण पछिल्लो एक बर्ष युरोपेली धेरै देशहरुमा उर्जा र विजुलीको आपुर्ति महत्वपुर्ण मानिएको छ । रुस र युक्रेनको युद्ध सुरुवातसँगै युरोपका सबै देशहरुमा रुसी इन्धनको आपुर्तिको आशा मरेको छ । रुसले बढीभन्दा बढी जिवाष्म इन्धन आपुर्ति गरिदिँदा युरोपका धेरैजसो देशहरुमा यसले धानेको थियो । तर, अब त्यसो हुन सकेको छैन ।
हाल विश्वका धेरैजसो देशहरुमा जिवाष्म इन्धनको सट्टा नविकरणीय उर्जा प्रयोगमा जोड दिईरहेका छन् । तर, युरोपका धेरैजसो देश अझै पनि जिवाष्म इन्धनकै भरमा रहेको हालै प्रकाशित एक तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार रोमानिया, पोर्चुगल, क्रोयशिया, जर्जिया, आइसल्याण्ड, स्विडेन, नर्वेलगायतका केहि देशहरु जलविद्युतमा निर्भर छन् भने फिनल्याण्ड, स्विजरल्याण्ड, फ्रान्स, युक्रेन, हंगेरी, स्लोभाकियालगायतका देशहरुका आणविक उर्जामा निर्भर छन् । त्यस्तै जर्मनी, पोल्याण्ड, टर्की, सर्वियालगायतका देशहरु भने अझै जिवाष्म अर्थात कोईला इन्धनमा निर्भर रहेको तथ्यांकले देखाएको छ । बाँकी रहेको इटाली, बेलायत, लाट्भीयालगायतका देशहरु पनि अझै जिवाष्म ग्याँस इन्धनमा निर्भर रहेको देखिएको छ ।

यसरी केहि देशहरुले जिवाष्म इन्धन अझै प्रयोग गरिरहेको भएपनि धेरैजसो देशहरुले आफुलाई नविकरणीय उर्जामा निर्भर हुन जोड गरिरहेका छन् । युरोपमा करिव १३ बर्षअघि अर्थात सन २०११ मा कुल उर्जा खपतको ४९ प्रतिशत उर्जा जिवाष्म इन्धनको हुन्थ्यो भने नविकरणीय उर्जा उत्पादन जम्मा कुल खपतको १८ प्रतिशत मात्रै हुन्थ्यो । हाल त्यो परिस्थिति फेरिएको छ । युरोपमा हाल नविकरणीय उर्जाको खपत पनि जिवाष्म इन्धनबराबर पुग्न लागेको तथ्यांकमा देखिएको छ । बरु जिबाष्म इन्धनको प्रयोग भने सन् २०११ को तुलनामा सन २०२१ मा घटेको देखिएको छ ।

यति मात्रै होईन युरोपमा वायु उर्जा र सोलार उर्जाको उपयोग पनि उत्तिकै मात्रामा गर्न थालिएको छ । तथ्यांक अनुसार युरोपमा सन २०११ मा वायु र सोलार उर्जामार्फत जम्मा ८ प्रतिशत मात्रै माग धान्ने गरेकोमा हाल त्यो उत्पादन बढेर १९ प्रतिशत पुगेको छ । अनुवादित्

प्रतिक्रिया दिनुहोस्
MBL