Logo

निरन्तर निर्यात हुँदै जगदम्बा स्टील, अन्तरराष्ट्रिय बजारमा माग बढ्या

निरन्तर निर्यात हुँदै जगदम्बा स्टील, अन्तरराष्ट्रिय बजारमा माग बढ्या



काठमाडौं । जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेका बताईएको छ । कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना उत्पादनको माग बढेको बताएको हो ।

laxmi

जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ । यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्ता पाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउने कम्पनीले जानकारी दिएको छ ।

आफ्ना गुणस्तरीय उत्पादनकै कारण अन्तरराष्ट्रिय बजारमा माग बढेको कम्पनीले जानकारी दिएको छ ।
‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टील्सका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनहरुको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL