Logo

रियलमी १० प्रो+५जी नेपालमा, के–के छन् विशेषता ?

रियलमी १० प्रो+५जी नेपालमा, के–के छन् विशेषता ?



काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । र। ३०,००० भन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रों ५जि नेपाली बजारमा भित्रिएको हो ।

‘‘यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्ले अत्यन्तै रुचाइएको छ, जसलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ । यो नयाँँ डिजाइनबाट प्रष्ट हुन्छ कि रियलमीले आफ्नो युजर एक्स्पिरियन्स सुधार्न राम्रो प्रयास गरेको छ’, कम्पनीले जनाएको छ ।

न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रों ५जिको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको शुरुवात भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रों फाइभ जीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रों फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधियुक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रों फाइभ जीलाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रों फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।”

प्रतिक्रिया दिनुहोस्
MBL