Logo

GBIME

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदूरपश्चिममा अभिकर्ता सम्मानित

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदूरपश्चिममा अभिकर्ता सम्मानित



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पौषको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगन्ज पुगेर सम्पन्न भएको थियो ।

Laxmi

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले भने, “रिलायन्स साथीहरु कम्पनीका मेरुदण्डहरु हुनुहुन्छ,उहाँहरुले आफ्नो व्यावसायिक कार्यमा प्रदर्शन गर्नुभएको लगनशीलता, मेहनत तथा कार्यकुशलताको हामी हृदयबाटै प्रशंसा गर्दछौं । उहाँहरूको अथक परिश्रमले गर्दा यस कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको छ तसर्थ उहाँहरूको योगदानको कदर तथा पहिचान गर्दै हामीले देशभर सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छौँ र यसपाली सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मानका साथै उहाँहरूको सर्वान्गिन विकासमा पनि सहयोग पुग्नेछ भन्ने हिसाबले प्रशिक्षण पनि प्रदान गरेका छौँ ।”

सो कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता, चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC