Logo

माछापुच्छ«को अगुवाईमा खारे खोलामा १० बैंकको ३ अर्ब लगानी, वार्षिक १४ करोड युनिट विद्युत उत्पादनको अनुमान

माछापुच्छ«को अगुवाईमा खारे खोलामा १० बैंकको ३ अर्ब लगानी, वार्षिक १४ करोड युनिट विद्युत उत्पादनको अनुमान



बिजखबर संवाददाता
काठमाडौं । खारे खोला जलविद्युत आयोजनामा १० वाणिज्य बैंकले झण्डै ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । २४ दशमलव १ मेगावट क्षमताको उक्त आयोजनामा माछापुच्छ«े बैंकको अगुवाईमा विभिन्न १० ओटा बैंकले २ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।

कन्सोर्सियम पावर डेभलपर्स प्रालि (सिपिडी)ले प्रवद्र्धन गर्ने खारे खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा प्रवद्र्धक र बैंकबीच हालै सम्झौता भएको हो । सम्झौतामा सिपिडीका अध्यक्ष  लालकृष्ण केसी र माछापुच्छ«ेका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका छन् ।

खारे खोलमा माछापुच्छ«ेको नेतृत्व एवं नबिल वैंक र एभरेष्ट बैंकको सह–नेतृत्वमा ग्लोबल आइएमई, नेपाल एसबीआई, नेपाल क्रेडिट एण्ड कमर्स, कुमारी बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक र नेपाल बङगलादेश बैंकले सह–वित्तीयकरणमा लगानी गर्ने भएका हुन् । आयोजनाको कुल लागत ३ अर्ब ९२ करोड मध्ये ७५ प्रतिशत बैंकको र २५ प्रतिशत प्रवद्र्धकको लगानी रहने छ ।

खारे खोला जल विद्युत आयोजना, दोलखाको मार्वू तथा चंखु गाविसमा अवस्थित छ । अध्ययन अनुसार आयोजनाबाट वार्षिक १३ करोड ९२ लाख २२ हजार युनिट विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL