Logo

बागमती प्रदेशको उद्योग क्षेत्रमा ८ खर्ब ४२ अर्ब कर्जा प्रवाह, साढे ७ खर्ब बढी काठमाडौंमा मात्रै

बागमती प्रदेशको उद्योग क्षेत्रमा ८ खर्ब ४२ अर्ब कर्जा प्रवाह, साढे ७ खर्ब बढी काठमाडौंमा मात्रै



काठमाडौं । गत आर्थिक बर्षभरी बागमती प्रदेशको उद्योग क्षेत्रमा मात्रै ८ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो प्रदेशको उद्योग क्षेत्रमा मात्रै कुल कर्जाको ३२ प्रतिशत कर्जा लगानी भएको हो ।

laxmi

तथ्यांक अनुसार यस अवधिमा यो प्रदेशको उद्योग क्षेत्रमध्ये काठमाडौंमा मात्रै ७ खर्ब ५७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । अर्थात यो प्रदेशको उद्योग क्षेत्रमा प्रवाह भएको कुल बैंकिङ कर्जामध्ये ९० प्रतिशत कर्जा काठमाडौं जिल्लामा मात्रै प्रवाह भएको देखिएको छ ।

यस्तै यसै अवधिमा उद्योग क्षेत्रका लागि भन्दै चितवनमा ३० अर्ब ८८ करोड, ललितपुरमा २४ अर्ब ७० करोड, मकवानपुरमा ९ अर्ब ७५ करोड, धादिङमा २ अर्ब ७ करोड र नुवाकोटमा १ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी भएको छ । अधिकांश औद्योगिक प्रतिष्ठानहरुको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै यस अवधिमा बागमति प्रदेशमा प्रवाह भएको कर्जामध्ये खानी उत्पादन सम्बन्धी उद्योगमा अघिल्लो आवको तुलनामा ११३.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै निर्माणमा ४९ प्रतिशतले ह्रास आउँदा विद्युत, ग्याँस तथा पानीमा २०.२ प्रतिशतल् गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL