Logo

सिजी ब्राण्डमा थप नयाँ प्रोडक्ट लाइनप बजारमा, यस्ता छन् विशेषता

सिजी ब्राण्डमा थप नयाँ प्रोडक्ट लाइनप बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । सीजीले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाइनपहरु थप गरि नेपाली बजारमा ल्याएको छ । जस अन्तर्गत वाल माउण्ट एसीमा १.०,१.५ र २.० टनमा नयाँ एसीहरु थप गरिएको छ । यी एसीहरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने अटो रि इस्र्टाट,डि–ह्युमिडिकेसन फङ्सन,अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषताहरु रहेका छन् ।

त्यस्तै टि।भी।मा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरि ल्याएको छ । यी टिभीहरुमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टिभीहरु बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् । यसको पिक्चर क्वालिटी र साउण्डमा डल्बी डिजिटल प्लस,स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिने कम्पनीले जनाएको छ ।

आफ्नो स्मार्ट टिभी सेक्सनमा पनि सिजीले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टिभीहरुको लाईनप थप गरिएको छ ।​ सिंगल डोर फ्रिजहरुमा पनि सिजीले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ । यो फ्रिजहरु आकर्षक कलर,डिजाइनमा उपलब्ध छन् । एन्टी–बि टेक्नोलोजि,ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन् ।

त्यस्तै अर्को प्रोडक्ट माईक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक,फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजि,ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरु जस्ता विषशेताहरु रहेका छन्

त्यस्तै सिजीले आफ्ना साना घरायसी सामाग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ÷इलेक्ट्रोनिक कुिलङ थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL