Logo

मनकामना केवलकार २५ औं वर्षमा प्रवेश, नयाँ होटल निर्माण गर्ने घोषणा

मनकामना केवलकार २५ औं वर्षमा प्रवेश, नयाँ होटल निर्माण गर्ने घोषणा



काठमाडौं । नेपालकै पहिलो मनकामना केवलकार २५ औं बर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २०५५ मंसिर ८ गते केवुलकार संचालनमा आएको थियो । त्यसयता कम्पनीले केबुलकारमार्फत हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरिसकेको छ ।

केबुलकारको नियमित संचालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले केवुलकारबाट भएको केहि अंश आम्दानी सामाजिक कार्यमा खर्चिदै आएको छ । यसै अनुरुप कम्पनीले चितवनको ईच्छाकामना गाउंपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको १ १ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिणोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएको छ । साथै कम्पनीले भूकम्प तथा कोभिडजस्ता प्राकृतिक तथा अन्य बिपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ ।

बार्षिकोत्सवको अवसरमा कम्पनीको भातृ कम्पनी रिसोर्ट्स बाई मनकामना केवलकारले मनकामनामा ४० कोठायुक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गर्ने भएको छ । यसको लागत करीब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL