GBIME

ह्याम्स अस्पतालको आईभीएफ केन्द्रको उद्घाटन, स्वदेशमै अन्तराष्ट्रियस्तरको सेवा प्रदान गर्ने


बिजखबर संवाददाता
22 October, 2022 9:15 am

hams hospital

काठमाडौं । राजधानीको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा ( Invitro Fertilization ) शुरु गरिएको छ ।

NABIL
lAXMI_BANK

अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संचालन स्वीकृति प्राप्त सेवा सुरुवात गरेको हो ।

सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबाट आईभीएफ केन्द्रको उद्घाटन गरे । आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पतालले लिएको छ ।

सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधार अस्पतालमा रहेको जनाइएको छ । यो विभागमा चर्चित प्रजनन विशेषज्ञ डा.भोला रिजाल तथा प्रा.डा.पदमराज पन्त रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL