GBIME

मंगलदीप पूजा अगरबत्तीका दसैँ तिहार लक्षित आकर्षक प्याक बजारमा


बिजखबर संवाददाता
1 October, 2022 11:27 am

surya nepal

काठमाडौं । सूर्य नेपालले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरेर मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरेको छ। चाडपर्वमा अत्यधिक मात्रामा पूजा अगरबत्तीको माग हुने हुने भएकाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

NABIL
lAXMI_BANK

फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ इन १ प्याक बजारमा उपलब्ध रहेका छन् । साथै साविक भन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दनसहितको २ इन १ अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यी सबै उत्पादनहरू देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने जनाइएको छ । चाडपर्व लक्षित फेस्टिभ प्याक सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL