Logo

निर्यातकर्ताले चालू वर्षको सुरुबाटै नगद अनुदान पाउने, कार्यविधिले नरोक्ने

निर्यातकर्ताले चालू वर्षको सुरुबाटै नगद अनुदान पाउने, कार्यविधिले नरोक्ने



काठमाडौं । निर्यातकर्ताले चालू आर्थिक वर्षको सुरुवात देखिनै निर्यातमा ८ प्रतिशत नगद अनुदान पाउने भएका छन् । बजेटले निर्यातमा ८ प्रतिशत अनुदान दिने व्यवस्था गरेपछि सोसम्बन्धी कार्यविधि नबन्दा अन्यौलमा परेको उद्योगी व्यवसायीले गुनासो गर्दै आएका थिए । तर, अर्थमन्त्री जनार्दन शर्माले भने कार्यविधि नबने पनि चालू आर्थिक वर्षको सुरुवादेखिनै भएको निर्यातमा अनुदान पाउने बताएका हुन् ।

laxmi

‘सरकारले साउने १ गतेदेखिनै चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा ल्याएको छ तसर्थ निर्यातकर्ताले बजेट कार्यान्वयनमा भएको दिनदेखिनै भएको निर्यातमा अनुदान पाउने छन्,’ अर्थमन्त्री शर्माले भने, ‘कार्यविधि नबन्दैमा बजेटमार्फत तोकिएको अनुदान रकम रोकिदैन ।’

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, क्लिङ्कर, स्टिल, जुत्ता, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित ब्यबसाय लगायतका बस्तु निर्यातमा ८ प्रतिशत नगद अनुदानको ब्यवस्था गरेको छ । सोही अनुरुप नेपालबाट सिमेन्ट, छड र जुत्ता निर्यात हुन थालेको छ । उक्त वस्तु निर्यात सम्बन्धमा अनुदान दिने कार्यविधी नबनेपनि निर्यातकर्ताले बजेट कार्यान्यनमा आएकै दिनदेखि नगद अनुदान पाउने अर्थमन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL