Logo

स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच अन्तरआवद्धताको सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच अन्तरआवद्धताको सम्झौता



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र न गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तयारी गरेको युपीआइ नेपाल क्यूआरबीच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको छ । यस सम्झौता पश्चात युपीआइ नेपाल क्युआरको सुबिधा लिने बिभिन्न व्यापार(व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् ।

यस्तै स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवशायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरू मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL