GBIME

नेशनल लाईफको ‘इम्प्लोइ स्किल इन्हेन्चमेन्ट वर्कशप’ कार्यक्रम सम्पन्न


बिजखबर संवाददाता
8 September, 2022 9:12 am

national life

काठमाडौं । ‘एक्सेल एण्ड एलिभेट’ २०७९÷८०’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने इम्प्लोइ स्किल इन्हेन्चमेन्ट वर्कशप पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो ।

NABIL
lAXMI_BANK

सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन् ।

सम्मेलनमा विभागिय प्रमुखसहित देशैभरीबाट प्रशासनिक कर्मचारीहरु गरी २ सय जना भन्दा बढिको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागि कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रृयाको महत्वमा प्रकाश पारे ।

साथै कम्पनीका विभागीय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL