Logo

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण, जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण, जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास



काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए ।

laxmi

उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो । यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको तर्फबाट सो बीमा प्राप्त गरेका थिए ।

भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वोत्तम सिमेन्टले आफ्नो साइट रजिष्टर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो । यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

निर्माणकर्मीहरुको सरक्षा तथा स्वास्थ्स्य सुनिश्चित गर्नका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप सर्वोत्तम सिमेन्टले यस्तो व्यवस्था ल्याएको जनाएको छ । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्
MBL