Logo

Global_Ime

छिमेक लघुवित्त पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध, सम्झाैतामा हस्ताक्षर

छिमेक लघुवित्त पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध, सम्झाैतामा हस्ताक्षर



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झाैता भएकाे छ । लघुवित्तकाे कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झाैता भएकाे हाे ।

Laxmi_sunrise

सम्झौता पत्रमा छिमेक लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात छिमेक लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

सो अन्तर्गत छिमेक लघुवित्तले एनसिएचएल आएपिएस र आरपिएस कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७४ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध छन् ।

छिमेक लघुवित्तले नेपालभरका १९२ शाखाहरू मार्फत ६९ जिल्लाका ४ लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म आफ्नो सेवा पुर्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL