Logo

गोल्डेन ओक कमेडी यात्रा, विभिन्न शहरमा हाँसोको लहर ल्याउदै

गोल्डेन ओक कमेडी यात्रा, विभिन्न शहरमा हाँसोको लहर ल्याउदै



काठमाडौँ । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ ।

यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ । गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्ने छन् ।

गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही श्रावण २० गते, दमकमा श्रावण २१ गते, इटहरीमा श्रावण २२ गते, विराटनगरमा श्रावण २३ गते र धरानमा श्रावण २४ गते पूरै उत्साहका साथ आयोजित हुनेछ, जसमा दर्शकहरुको अभूतपूर्व जमघट हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL