Logo

एनआईबिएल एस क्यापिटलको १० वर्ष पूरा, सेवाहरुमा विशेष छुट तथा अफरको घोषणा

एनआईबिएल एस क्यापिटलको १० वर्ष पूरा, सेवाहरुमा विशेष छुट तथा अफरको घोषणा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको १० वर्ष पूरा भएको छ ।

laxmi

आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आइपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“ अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना “एनआईबिएल ग्रोथ फण्डू नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

आजकै दिन १० वर्ष पूरा गरेको अवसरमा यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी निम्न योजनाहरु ल्याएको छ :

  • डिम्याट को वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण #
  • रु १० मा मार्केट एक्सपर्ट #
  • ब्यवस्थित लगानी योजना सिष्टमेटिक इन्भेष्टमेन्ट प्लान(एसआइपी) को धन्यवाद अफर
  • लगानीकर्ता हरुमध्ये बाट १० जना भाग्यशाली महानुभावहरुलाई रु १०,००० बराबरको इकाई प्रदान गरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिने #
  • एसआइपीमा दर्ता हुने बालबालिका लाई आकर्षक उपहार प्रदान गरिने (बास्केट अफ ह्याप्पिनेस) #
    यो योजना २०७९ साल श्रावण १५ गते देखि २०७९ साल श्रावण २५ गते सम्मको लागि लागु हुने क्यापिटलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL