Logo

कोकाकोलाको ग्लोबल क्याम्पेन अपलिफ्टको दोस्रो संस्करण शुरु : कोक उठाउँ, आफुलाई जगाउँ

कोकाकोलाको ग्लोबल क्याम्पेन अपलिफ्टको दोस्रो संस्करण शुरु : कोक उठाउँ, आफुलाई जगाउँ



काठमाडौँ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन “कोक उठाउँ, आफुलाई जगाउँ” रहेको छ, जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ । यो क्याम्पेनको उद्धेश्य उपभोक्ताहरुलाई दिँउसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।

कोका–कोला नेपालले नयाँ टिभीसी सार्वजनिक गरेको छ जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । टिभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल–वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गईरहेको देख्न सकिन्छ । अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ्ग स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रीफ्रेस्ड भएकी अदिति र उनको साथी दुवैजना खुशी हुँदै आफ्नो बाटो लाग्छन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने “हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई वहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।”

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने , “एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”
कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धि सम्पूर्ण जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal मार्फ़त थप जानकारी लिन सकिने छ ।

बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् । जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल , ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL