Logo

मिदास टेक्नोलोजीको हेल्थकेयर एप मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

मिदास टेक्नोलोजीको हेल्थकेयर एप मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड



काठमाडाैँ । मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्‍याएको छ ।

मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी अस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओ.पी.डी. टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गरेको कम्पनीले जनाएको छ ।

मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै आएको कम्पनीले भनेको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL